विज्ञापन

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

विज्ञापन
Image
विज्ञापन

२ वैशाख, काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

ट्राफिक प्रहरी स्रोतले चिट काटेको पुष्टि गरेको छ । ‘नियम उल्लंघन गर्ने सबै समान हुन् । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।

लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो । उनी सवार भए/नभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन