विज्ञापन

सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

१० वैशाख, सिरहा । सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका आज मध्याह्न करिब १२:२० बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेश बहादुर पालको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन