विज्ञापन

साउथ स्टार थलापति विजयसँग ६२४ करोड भारु सम्पती रहेको खुलासा

विज्ञापन
Image
विज्ञापन

तमिल सुपरस्टार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारु रहेको निर्वाचन विवरणमार्फत सार्वजनिक भएको छ।
उनको सम्पत्तिमा ४०४ करोड भारु चल सम्पत्ति र २२० करोड भारु अचल सम्पत्ति समावेश छन्।
विजयसँग २१३ करोड भारुभन्दा बढी इन्डियन ओभरसिज बैंकमा मौज्दात रहेको उल्लेख छ।
तमिल सुपरस्टार तथा राजनीतिज्ञ विजयको राजनीतिक उचाइसँगै आर्थिक हैसियत पनि चर्चामा छ । उनको पार्टी तमिलगा वेत्री कझगमले अभूतपूर्व जित हासिल गर्दै सरकार गठन गर्दैछ ।

मार्च २०२६ मा पेश गरिएको निर्वाचन विवरणअनुसार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारु रहेको उल्लेख छ । यसमध्ये ४०४ करोड भारु चल सम्पत्ति र २२० करोड भारु अचल सम्पत्ति छ । चलचित्र, विज्ञापन र रियल स्टेट व्यवसायबाट उनले ठूलो आम्दानी गरेको बताइएको छ ।

रिपोर्टअनुसार विजयसँग विभिन्न बैंक खातामा ठूलो रकम जम्मा छ । विशेषगरी इन्डियन ओभरसिज बैंकमा मात्रै २१३ करोड भारुभन्दा बढी मौज्दात रहेको उल्लेख गरिएको छ । एक्सिस बैंक, एचडीएफसी र एसबीआईमा पनि करोडौंका फिक्स्ड डिपोजिट छन् । उनले विभिन्न कम्पनीमा लगानी गर्नुका साथै परिवारका सदस्यलाई ऋण तथा अग्रिम रकम दिएको विवरणमा उल्लेख छ ।

विजयसँग महँगा गाडीहरूको ठूलो संग्रह पनि छ । उनीसँग बीएमडब्लू ५३०, टोयोटा लेक्सस ३५०, टोयोटा भेलफायर, बीएमडब्लू आई–७, रेन्ज रोभर इभोक, अडी ए–८ एल र फोर्ड मस्टाङजस्ता लक्जरी गाडी छन् ।

उनको अचल सम्पत्तिमा कोडाइकनालस्थित कृषि भूमि र चेन्नईका विभिन्न क्षेत्रमा रहेका व्यावसायिक तथा आवासीय भवन समावेश छन् । नीलंकराई, सालिग्रामम, पोरुर, मायलापुर र एग्मोर क्षेत्रमा रहेका सम्पत्तिको मूल्य अर्बौंमा रहेको बताइएको छ ।

विजयको सबैभन्दा चर्चित सम्पत्ति भने नीलंकराईस्थित समुद्र किनारको आलिशान बंगला हो । कासुआरिना ड्राइभमा रहेको उक्त घरको मूल्य ७० देखि ८० करोड भारुसम्म रहेको अनुमान गरिएको छ ।

निर्वाचन विवरणअनुसार विजयसँग ८८३ ग्राम सुन तथा चाँदीका गरगहना पनि छन्, जसको मूल्य १ करोड २० लाख भारुभन्दा बढी रहेको उल्लेख छ । उनले कुनै बैंक ऋण वा दायित्व नरहेको बताएका छन् । आर्थिक वर्ष २०२४–२५ मा मात्रै उनले १८४ करोड ५३ लाख भारु आम्दानी गरेको विवरण सार्वजनिक गरेका छन् ।

विजयले सन् १९९९ मा संगीता सोर्नालिंगम सँग विवाह गरेका थिए । उनका एक छोरा जेसन सञ्जय र एक छोरी दिव्या शाशा छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन