विज्ञापन

घरमै राहदानी वितरण गर्ने यी हुन स्थानीय तहहरु

विज्ञापन
Image
विज्ञापन

९ जेठ, गुल्मी । गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो ।

सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत रेसुङ्गा नगरपालिकामा ५१ जना, गुल्मीदरबार गाउँपालिकामा ६ जना, मुसिकोट नगरपालिकामा १३२ जना तथा कालीगण्डकी गाउँपालिकामा २१ जनाले सेवा प्राप्त गरेको जिल्ला हुलाक कार्यालय गुल्मीका भुवन पाण्डेले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन