विज्ञापन

रामारोशन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारी लाई बाजागाजा सहित बिदाई

विज्ञापन
Image
विज्ञापन

२८ जेष्ठ अछाम: रामारोशन गाउँपालिका अछामका  प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी सरुवा भएर जाँदा स्थानीयले बाजागाजा सहित भव्य बिदाई कार्यक्रम गरेका छन्।

सामान्यतया कर्मचारी सरुवामा प्रशासनिक औपचारिकता मात्रै पूरा गरिने भए पनि रामारोशनमा भने भण्डारीको बिदाई कुनै उत्सवभन्दा कम देखिएन। जनप्रतिनिधि र कर्मचारीहरूले उनलाई मुजाबगर बजारमा बाजागाजासहित परिक्रमा गराए।

प्रशासनिक कार्यमा अब्बल मानिएका भण्डारीलाई स्थानीयले काँधमा बोकेर स्थानीय बजार परिक्रमा गरायका थिय ।

​बिदाई समारोहमा गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले भण्डारीको कार्यकाल स्मरणयोग्य र ऐतिहासिक हुने बताएका छन् । अध्यक्ष साउँदले भने, “प्रशासनिक सुधार, सुदृढ सेवा प्रवाह र शिक्षा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको छ ।रामारोशन कै स्थानीय बासिन्दा भण्डारी लामो समय रामारोशन गाउँपालिकाको प्रशासनको कमान्ड सम्हालेका थिय ।जनताको मनमुटुमा रहेका भण्डारीले  रामारोशनमा सुशासन र समृद्धिको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको स्थानीय बताउछन । हाल उहाँ बैतडको पञ्चेश्वर गाउँपालिकामा सरुवा भएका हुन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन