विज्ञापन

रोनाल्डोले प्रेमिका जर्जिना रोड्रिग्वेजसँग गरे विवाह, समारोहमा पाँचै सन्तान सहभागी

विज्ञापन
Image
विज्ञापन

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग पोर्चुगलमा विवाह गरेका छन् ।

सन् २०१६ मा स्पेनको म्याड्रिडमा भेट भएपछि सम्बन्धमा रहेका रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको जानकारी दिएका हुन् । उनीहरूले विवाहको औँठी देखाउँदै खिचिएको तस्वीरसमेत सार्वजनिक गरेका छन् ।

४१ वर्षीय रोनाल्डोले आफ्नो क्लब अल नासरले २०२६–२७ सिजनको साउदी प्रो लिग अभियान सुरु गर्नुभन्दा चार दिनअघि विवाह गरेका हुन् ।

रोनाल्डो र रोड्रिग्वेजको विवाह पोर्चुगलको राजधानी लिस्बनबाट करिब २० माइल पश्चिममा रहेको समुद्री तटीय शहर कास्काइसमा भएको स्काइ स्पोर्ट्सले जनाएको छ । विवाह समारोहमा उनीहरूका पाँच सन्तान पनि सहभागी थिए ।

रोनाल्डोले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस, अल नासर तथा पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्दै आफ्नो करियरमा झण्डै १,००० गोल गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन