विज्ञापन

वेपत्ता भएका नागरिक खोज्न बाढि प्रभाबित क्षेत्रमा पुगे जिरीका मेयर 

विज्ञापन
Image
विज्ञापन

१६ भाद्र दोलखाको जिरी नगरपालिकाका नगर प्रमुख वेपत्ता भएका नागरिकको खोजीकालागि बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

नगर प्रमुख जिरेल भोटेकोशीको बाढीपछि वेपत्ता भएका परिवारका सदस्यहरुसहित खोजतलाशकालागि नुवाकोट पुगेका हुन् । आज (मंगलबार) विहान त्रिशुली पुगेका नगर प्रमुख जिरेलले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रिशुलस्थित व्यारेकमा वेपत्ता भएका जिरीका नागरिकको विवरण बुझाएका छन् ।

गसमन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर वेपत्ता भएका आफ्ना नागरिकको खोजतलाश र उद्धार गरि दिन आग्रह गरेका छन् । नगर प्रमुख जिरेलको साथमा बाढीपछि वेपत्ता भएका जिरी–७ का प्रकाश तामाङ र जिरी–९ का बोसवहादुर तामाङको परिवारका सदस्यहरु पनि नुवाकोट पुगेका छन् ।

नगर प्रमुख जिरेलले भोटेकोशी बाढीमा वेपत्ता भएकाहरुको खोजीकालागि आफु र पीडित परिवारका सदस्यहरु नुवाकोट पुगेको र रसुको धुन्चेसम्म पुग्ने प्रतिक्रिया दिए ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटमा पुगेका जिरीका ७ जना नागरिकहरु वेपत्ता छन् । वेपत्ता हुनेहरुमा प्रकाश तामाङ, विजय खत्री, भिमवहादुर तामाङ, पेम्वा घिसिङ, बोसवहादुर तामाङ, दानवहादुर तामाङ र तेजवहादुर जिरेल छन् ।

यसअघि दिलवहादुर जिरेल र काजु तामाङ पनि सम्पर्कविहिन भएकोमा उनीहरुको उद्धार भइसकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन