१७ भाद्र डडेलधुरा :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दैजी–जोगबुढा सडक निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखिसकेको बताउनुभएको छ।
डडेल्धुरा उद्योग वाणिज्य संघसँगको छलफलका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको छोटो कार्यकाललाई स्मरणीय बनाउने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्योग वाणिज्य संघले उठाएका विकास निर्माण, उद्योग व्यवसाय तथा जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू महत्वपूर्ण रहेको भन्दै ती सबै विषयलाई गम्भीरताका साथ लिने बताउनुभयो।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई सुशासनको केन्द्रका रूपमा स्थापित गर्ने गरी प्रदेश सरकार अघि बढिरहेको बताउँदै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन आवश्यक सुधार गरिने उल्लेख गर्नुभयो।
उहाँले प्रदेशको आर्थिक तथा भौतिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सकारात्मक रहेको धारणा राख्नुभयो।
छलफलमा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले डडेल्धुराको सडक, पूर्वाधार, उद्योग–व्यवसाय, पर्यटन तथा आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए
विज्ञापन

दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री भट्ट
विज्ञापन

विज्ञापन
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

















