विज्ञापन

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

विज्ञापन
Image
विज्ञापन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् ।

फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने बताए ।

‘यदि त्यस्तो भयो भने उनीहरूले अहिलेसम्म कुनै पनि देशले नचुकाएको मूल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

इरानलाई ‘सन्की’ को संज्ञा दिँदै ट्रम्पले अमेरिकाले यस विषयलाई निकै गम्भीरतापूर्वक लिएको बताए । यही कारण इरानलाई आणविक हतियार राख्न दिन नहुने उनको भनाइ थियो ।

यसअघि सोमबार सीएनएनले सार्वजनिक गरेको एक रिपोर्टमा नयाँ गुप्तचर सूचनाले इरानले अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ विस्फोट गराउने योजना बनाइरहेको हुनसक्ने संकेत गरेको उल्लेख थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन