विज्ञापन

राजेन्द्र महतोले झापादेखि कन्चपुरसम्म पैदल यात्रा गर्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कन्चनपुरसम्म पैदल यात्रा गर्ने भएका छन् ।

हुलाकी राजमार्ग हुँदै गर्ने सो पैदल यात्रा तीन महिनाको हुने सो पार्टीमा महासचिव सन्तोष मेहताले बताए । त्यसको तयारी चलिरहेको र सम्भवतः चाडपर्व सकिने बित्तिकै सो यात्रा सुरु हुने उनले बताए । यो पैदलयात्राको राजनीतिक उद्देश्यका साथै ?पर्यावरण बचाउने एउटा उद्देश्य रहेको उनको भनाइ छ ।

अध्यक्ष महतोले पैदल यात्रा गर्ने बाटोमा ठाउँ ठाउँमा रुख रोप्ने योजना बनाएका छन् । जलवायु परिवर्तनका कारण विश्व नै संकटमा रहेको बेला पर्यावरण जोगाउने उद्देश्यले सो यात्रामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको महासचिव मेहताले बताए ।

यात्राको क्रममा राजनीतिक भेटघाट हुनुको साथै राजनीतिको अगामी कार्यदिशाको बारेमा जनतासँग राय सुझाव लिने काम पनि हुने उनले बताए ।

देशको अवस्था फरक ढंगले अगाडि बढिरहेकाले अब फरक ढंगले राजनीति अगाडि बढाउनुपर्ने बताउँदै उनले त्यसका लागि जनतासँग राय सुझाव लिने बताए ।

सोही क्रममा संगठन निर्माणको काम पनि हुने उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन