विज्ञापन

नेपाल वादोरियो कराते डो.संघ,सुदूरपश्चिम प्रदेश अधिबेशन बाट १३ सदस्यीय कार्यसमिति चयन

विज्ञापन
Image
विज्ञापन

असोज १ धनगढी: नेपाल वादोरियो कराते डो.संघ, सुदूरपश्चिम प्रदेशको “राष्ट्रका लागि खेलकुद-स्वास्थका लागि खेलकुद´´भन्ने मुल नाराका साथ प्रथम अधिबेशन धनगढिमा सम्पन्न भएको छ।

अधिवेशनमा सुदूरपश्चिम प्रदेश सरकारका  सामाजिक विकास मन्त्री माननीय सन्तोशि शर्मा (थापा) प्रमुख अतिथि रहनु भयको थियो।प्रमुख अतिथि शर्मा(थापा)ले सम्वोधनका क्रममा आफु सदैव युवाहरुको हकहितको पक्षमा रहेको उल्लेख गर्नुभएको हो।साथै मन्त्री थापाले प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवार सम्हाले संगै विभिन्न खेल क्षेत्रमा गुणात्मक विकास गरि,खेल क्षेत्रमा सुदुरपस्चिमको नया ढंगको पहिचान बनाउन प्रयास रहने बताउनु भएको हो।कार्यक्रममा बिशिस्ट अतिथि नेपाल वादोरियो कराते डो.संघका केन्द्रीय अध्यक्ष एंवम नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण के.सि.,नेकपा केन्द्रिय सदस्य एंवम वादिरियो संघका सल्लाहकार प्रमुख मदन भुल, सुदुरपश्चिम खेलकुद परिषदका तालिम प्रशिक्षण प्रमुख केशब बडुवाल रहनु भएको थियो। अधिवेशनमा प्रमुख अतिथी लगायतका अतिथिहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

उक्त अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति सर्वसम्मत  चयन  गरेको हो ।प्रदेशभरका खेलप्रेमी, खेलाडी र पदाधिकारीहरूको उत्साहजनक सहभागितामा ऐतिहासिक अधिवेशन सम्पन्न गरिएको आयोजक समितीले बताएको हो।

​अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि रूपक सदाशंकरको अध्यक्षतामा रहने गरि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रुपक सदासंकर,उपाध्यक्षमा यशोदा थापा, सचिवमा गजेन्द्र लुहार(कोच),सहसचिवमा जनक शिलवाल र कोषाध्यक्षमा लाल बहादुर साउद चयन हुनुभएको छ।

​त्यसैगरी,कार्यसमितिका सदस्यहरूमा अञ्जली उपाध्याय, सुरेन्द्र खड्का, रेखा तिरुवा, दिपेश वि.सी., अर्जुन सिंह बोहरा, सुरेन्द्र सिंह ठगुन्ना र जित बहादुर करिया कंग्रहवा रहनुभएको छ। एक जना उपाध्यक्ष आगामी बैठक बाट मनोनीत हुने निर्वाचित अध्यक्षले बताउन भयको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन