विज्ञापन

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सबैले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने

विज्ञापन
Image
विज्ञापन

७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने आचार्यले बताए ।

आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए ।

एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।

‘सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक “आज पनि हुनसक्छ, भोलिलाई पनि सर्न सक्छ” आचार्यले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन