२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
छापा मार्दा प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट नगद २४ हजार ५ सय रुपैयाँ र एक बुक खुला तास बरामद गरेको छ ।
प्रहरीले बरामद नगद रकम, तास र पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्





























