विज्ञापन

सुदूरपश्चिम रोयल्सलाई राज्यमन्त्री कुँवर द्वारा ५१ हजार,१५१रुपैयाँ पुरस्कार दिने घोषणा

विज्ञापन
Image
Oplus_16908288
विज्ञापन

काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणको उपाधि  सुदुरपश्चिमले जितेको  छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि जितेको हो।

पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै १५८ रन बनाउँदै सहज जित निकाल्यो।

सुदूरपश्चिमको जितमा स्कटल्यान्डका जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै मात्र ५४ बलमा अविजित १२५ रन बनाए। उनले १२ छक्का र ८ चौका प्रहार गरे। विनोद भण्डारीले अविजित ३३ रनको योगदान दिए।

लगातार दुई संस्करणको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा ऐतिहासिक उपाधि हात पारेको हो।उक्त जितसँगै सुदूरपश्चिमले सुदूरपश्चिमेली क्रिकेट समर्थकलाई ठूलो खुसी र गौरवको क्षण दिएको छ।

उक्त सन्दर्भमा सुदूरपश्चिमको शिर उँचो बनाउँदै ऐतिहासिक उपाधि जित्न सफल सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीलाई सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरले बधाई तथा सम्मान व्यक्त गरेकी छन्।

खेलाडीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनको उच्च मूल्याङ्कन गर्दै राज्यमन्त्री कुँवरले आफ्नो पारिश्रमिकबाट ५१ हजार १५१ रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेकी हुन्।

सुदूरपश्चिम रोयल्सको ऐतिहासिक सफलताले समग्र सुदूरपश्चिम प्रदेशको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीहरूको मनोबल उच्च बनाउन तथा खेल क्षेत्रको विकास र प्रवर्द्धनमा सबैले साथ दिनुपर्ने बताएकी छन्।

उनको यो घोषणालाई खेलाडीहरूको मेहनतप्रतिको सम्मान र खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन