अछाम

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ढकारी गाउपालिकाको तेस्रो पालिका अधिवेशन नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ !हंसराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम अछाम इन्चार्ज,संविधान सभा सदस्य शरद सिंह भण्डारी रहनु भएको थियो !
नेता भणडारीले सम्बोधनका क्रममा ब्यबस्था परिवर्तनको लडाइ माओवादीले जितेपनी,अवस्था परिवर्तनको लडाइ जित्न संघर्षरत रहेको बताउनु भएको हो ! राज्य ब्यबस्था आमुल परिवर्तनमको नीति माओवादी केन्द्रको पहलबाट भएपनि नेतृत्व अरुको हुदा जन्ताले दुख भोग्नु परेको बताउनु भएको हो !नेता भणडारिले थप्दै भन्नू भयो माओवादी बलियो भएमात्र बिकास निर्माण सहित आम जन्ता बलियो र अधिकार सम्पन्न हुने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बिजय गराउनुपर्ने बताउन भएको हो!
कार्यक्रमको अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम अछाम क्षेत्रनम्बर १का इन्चार्ज दिपक साउद तरंग ,केन्द्रिय सदस्य राम प्रसाद तिमिल्सेना राप्ती,माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एंवम सुदुरपश्चिम प्रदेश सभा लेखाआयोग समिती संयोजक,निवर्तमान आर्थिक मामिला मन्त्री अक्कल बहादुर रावल ,जिल्ला संयोजक रविन्द्र साउद, पार्टीका सुप प्रदेश सल्लाहकार सदस्य तुलाराम उपाध्याय, पार्टी प्रदेस सदस्य एंवम ढकारी गाउ पालिका इन्चार्ज नृप बहादुर थापा ,एकीकृत अखिल शिक्षक संगठनका प्रदेस सदस्य सिताराम भण्डारी,शिक्षक संगठनका नेता देविराम भण्डारी,देव बहादुर कुवर ,लोकराज उपाध्याय,रंग प्रशाद जैशी ,पार्वती जैशी,अनेमसंघ प्रदेस सदस्य रत्ना रिमाल रहनु भएको थियो ।यसैगरी अतिथिमा
नेपाली कांग्रेसबाट प्रतिनिधि कपिल बुढा,नेकपा एमाले बाट नेत्र बहादुर शाही,रास्वपा पालिका सभापती तारा भण्डारी,नेकपा विप्लब बाट उमेश बुढा लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो! कार्यक्रममा मञ्जु विष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन लाल बहादुर साउदले गर्नुभएक थियो!
सम्मेलन बाट हंसराज उपाध्याय को अध्यक्षतामा २५सदस्यीय पालिका समिति निर्वाचित भएको हो !जसको उपाध्यक्षमा रत्ना रिमाल,पदम विष्ट,गंगा विक चयन हुनुभएको छ भने ,सचिवमा सेर बहादुर कामी,कोषाध्यक्ष मञ्जु विष्ट, सह-सचिव कृष्ण विष्ट,वीर बहादुर कामी लगायतको को पालिमा कमिटी सर्वसहमतिवाट चयन भएको हो ! कार्यक्रममा जनयुदकालमा महत्वपुर्ण मुमिका खेल्नुभएका कालु साउद ,धनबिरे कामी धरान,दयाराम बिक दिनेशलाई सम्मान गरिएको थियो!



























