अछाम
माया मेट्रो अस्पताल धनगढी कैलालीका अध्यक्ष धिरेन्द्र साउदले अछामको बान्निगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा चैत्र २६गते भएको आगलागी घटनाको निरीक्षण गर्नुुुएभएको थियो ! घटनाको स्थलगत निरीक्षण पश्चात अध्यक्ष साउदले स्वयम् जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाई औपचारिक रूपमा एक लाख पच्चिस हजारको चेक हस्तान्तरण गर्नुभएको हो।
आगलागीबाट पीडित परिवारले भोग्नुपरेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष साउँदले पुनःस्थापनाका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको हो !
साउदले थप्दै भन्नुभयो “मेरो पनि घर अछाममै हो, आफ्नो गृहजिल्लामा यस्तो विपत्ति आइपर्दा चुप लाग्न सकिँदैन,” “हालका लागि अस्पतालको तर्फबाट राहत रकम प्रदान गरेका छौं। आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायतका विषयमा समेत सक्दो सहयोग गर्नेछौं।”
प्रतिक्रिया जनाउनुहाेस्

























