विज्ञापन

सत्ता गठबन्धनमा हलचल,देउवा  फर्किएपछि नयाँ ढंगले जाने खड्काको भनाईले एमालेमा तरंग

विज्ञापन
Image
विज्ञापन

काठमाडौं
नेपाली कांग्रेसका कार्यवाहक सभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

पछिल्लो समय सरकार सञ्चालनको विषयलाई लिएर कांग्रेसका प्रभावशाली नेताहरुले सार्वजनकि रुपमै आलोचना बढाएका छन् । हालै काठडमाडौंमा आयोजित एक कार्यक्रममा खड्काले सरकारको कार्यशैली सच्याउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि अर्को तरिकाले अघि बढ्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर एमाले नेतृत्व पँक्ति भने सशंकित बनेको छ । हाल देउवा उपचारको क्रममा थायल्याण्डमा छन् । देउवा फर्किएलगत्तै पार्टीको केन्द्रीय समितिको बैठकपनि राखिएको छ । गभर्नर नियुक्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच गम्भीर मतभेद रहेको चर्चा छ ।

देउवाले गभर्नरको लागि अघि सारेका डा. गुणाकर भट्टलाई अघि सारेका थिए । तर, प्रधानमन्त्री ओली उनको नाममा सहमत नभएको बताईन्छ । अहिले गभर्नर नियुक्ती प्रक्रिया थालनी नहुँदै अदालतमा मुद्दा परेको छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा मुलुकबाहिर रहेको बेलामा उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरिदिएका छन् । बर्खास्तगीमा परेका तामाङले भने सार्वजनिक रुपमै अब यो सरकार ढाल्न लागिपर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन