विज्ञापन

जनकपुरमा प्रादेशिक युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन

विज्ञापन
Image
विज्ञापन

२३ जेठ, जनकपुरधाम । राष्ट्रिय युवा परिषदले मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन सम्पन्न भएको छ । परिषदले ‘युवाका लागि अबको निकास, उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मुल नारासहित प्रदेशस्तरीय उद्यमशीलता सम्मेलन गरिरहेको छ ।

बिहीवार जनकपुरधाममा आयोजित सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसपटक युवा तथा खेलकुद मन्त्रालयको बजेट गत वर्षको भन्दा दोब्बर भएकाले युवाका पक्षमा अधिकतम् काम गर्ने सकिने बताए । ‘युवासँग युवा मन्त्री’ अन्तरसंवादमा मन्त्री चौधरीले आफू स्वयं कठोर मिहिनेत र अविराम संघर्षबाट सफल उद्यमी बन्न सकेको उदाहरण पेश गरेका थिए ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तिनै तहका सरकारबाट सञ्चालित युवा लक्षित नीति, योजना र कार्यक्रमबारे युवाहरुलाई जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताए । बस्नेतले सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका लागि युवाहरुलाई स्टार्टअप, सहुलियत कर्जा, वित्तीय पहुँच अभिवृद्धि लगायतका वहुआयामिक विषयमा छलफल गरिएको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन