विज्ञापन

नेपालमा एक्स (ट्विटर) दर्ता प्रक्रियामा, वीच्याट सम्पर्कमा

विज्ञापन
Image
विज्ञापन

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि एकपछि अर्को सामाजिक सञ्जाल सम्पर्कमा आउन थालेका छन्।

अर्बपति एलन मस्कको एक्स (ट्विटर) ले नेपालमा दर्ता हुनका लागि आधिकारिक रूपमा निवेदन दिएको छ। चिनियाँ सञ्चारमाध्यम वीच्याटले पनि दर्ताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ।

यसअघि मेटा अन्तर्गत्तका फेसबुकलगायत प्लेटफर्म दर्ताका लागि जानकारी निवेदन दिएको दाबी मन्त्रालयले गरेको थियो। तर मेटाले आधिकारिक रूपमा दर्ताका लागि निवेदन दिएको पुष्टि भएको छैन।

हाम्रो पात्रोले पनि दर्ता हुनका लागि निवेदन दिएको छ। बिहीबार रातिदेखि नै सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेश अनुसार फेसबुकसहित २६ वटा विभिन्न एप बन्द गर्न थालिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन