नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्ने देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने महतले जानकारी दिए । उनको बैठक देउवा अहिले बसिरहेकै स्थानमा हुने संकेत गरे । ‘अफिस अलि व्यवस्थित भइसकेको छैन । बैठक बाहिरै बस्छ होला’, उनले भने ।
जेन–जी आन्दोलनका क्रममा देउवामाथि भाैतिक आक्रमण भएको थियो । बूढानीलकण्ठस्थित निवासमै उनी र श्रीमती आरजु राणामाथि आक्रमण गर्दै निवासमा आगजनी गरिएको थियो ।
कांग्रेस मुख्यालयमा पनि आगजनी भएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्




























