विज्ञापन

नेताहरुले रास्वपा छोड्नुको कारण खोजौंः गणेश कार्की

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र  पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरुले पार्टी छोड्नुको कारण खोज्नुपर्ने माग गरेका छन् । पार्टी छाडेर जानेहरुलाई आरोप लगाउने भन्दा पनि पार्टीमा समस्या भएकोले गर्दा समाधान र छोड्नुको कारण खोज्न माग गरेका छन् । रास्वपाका पूर्वशिक्षा मन्त्री सुमनापछि प्रमुख सचेतक एवं सचिवालय सदस्य सन्तोष परियाले पार्टी छाडेका छन् ।

गणेश कार्कीले लेखेका छन्-
सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमना ले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ?
सांसद नै नभएका केन्द्रिय सदस्य डा.प्रभात र हरीले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ?
समस्या छन्, समाधान खोजौं । जानेलाई लगाउने आरोप हैन, छोड्नुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन