विज्ञापन

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओली र लेखकले लिनुपर्छः डा.भीम रावल

विज्ञापन
Image
विज्ञापन
  • काठमाडौं, २९ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पदमा बसेको व्यक्ति घटनाबारेमा जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

‘भदौ २३ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री, सरकार, त्यो बेला सरकारमा हुने राजनीतिक दलहरु जिम्मेवार हुनैपर्छ । हाम्रो देशको संविधानमा गर्न नहुने काम गरेमा र गर्नुपर्ने कर्तव्य पूरा नगरेमा पनि राज्यको महत्वपूर्ण पदमा बस्ने व्यक्तिले जिम्मेवारी लिनुपर्छ,’– उनले भने ।

एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीले जेन–जी आन्दोलनको क्रममा भएको दमनको बारेमा ‘मलाई थाहा छैन, मैले आदेश दिएको छैन, मेरो जिम्मेवारी होइन’ लगायतका गैरजिम्मेवार जवाफ दिइराखेको नेता रावलले बताए । संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

‘उहाँ आजकाल के भन्नुहुन्छ भने– मलाई थाहै भएन, मैले आदेश दिएको थिएन । मेरो जिम्मेवारी होइन । कसको जिम्मेवारी हो त त्यसो भए ? यो संसदीय प्रणाली र लोकतन्त्रमा देशमा त्यस्ता कुनैखालका घटना घटेभने त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री हुने व्यक्ति र जुन मन्त्रालय मातहतमा घटना घट्छ, त्यसको मन्त्री जिम्मेवार हुन्छ । यो लोकतन्त्रको न्यूनतम् मान्यता हो,’– उनले भने ।

पदीय दायित्व पूरा नगर्ने ओलीमाथि तत्काल छानविन गरी कारबाही गर्नुपर्छः

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन