सरकारी तलब खाने सुविधा लिइरहेका १ जना डाक्टरसहित ४ जना स्वास्थ्यकर्मी खुलमखुला नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि बनेका छन् । सरकारी तलब खाँदै आएका स्वास्थ्यकर्मी नै महाधिवेशन चुनिएपछि स्वास्थ्यसँगै राजनीतिक क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ । स्वास्थ्य क्षेत्रबाट चुनिएका ७ जना प्रतिनिधिमध्ये सरकारी तलब खाइरहेका डा.सन्तोष पौडेल, चन्द्रकला शर्मा, भीमराज सिंह र अमृता बराल एमालेको महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनीलाई एमाले अध्यक्ष केपी ओलीकै जोडबलमा महाधिवेशन प्रतिनिधि बनाइएको एमालेकै नेताहरुले बताएका छन् । उनीहरूको नामावली र सरकारी ओहोदासहितको विवरण सार्वजनिक हुनासाथ स्वास्थ्य मन्त्रालयमा उजुरीको ओइरो लागेको छ र सेवाबाट बर्खास्त गर्न माग गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























