काठमाडौँ — मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक सोमबार बस्न लागेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा बसेको थियो । सोही दिन प्रधानमन्त्री शाहसँगै १४ जना मन्त्रीले शपथ लिएर पदभार ग्रहण गरेका थिए
प्रतिक्रिया जनाउनुहाेस्

























