२o८२चैत१९:नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन्।
नेकपा संसदीय दलका नेता प्रचण्डले दुलाललाई बुधबार प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका हुन्।
सोहीअनुसार माननीय युवराज दुलाललाई यस दलका तर्फबाट संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ नेकपाले संसद् सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ। दुलाल यस अघि प्रदेश सभा सदस्य बाट राजिनामा दियर सिन्धुपाल्चोक २ बाट चुनाब जितेका हुन ।
प्रतिक्रिया जनाउनुहाेस्






















