विज्ञापन

नेकपाको सबै कमिटीमा ६० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्न माग

विज्ञापन
Image
विज्ञापन

चैत्र २३ काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध ४० वर्ष मुनिका युवाहरूले ४ बुँदे मागसहित संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा पुगेर केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्नुअघि भुवन सिह बिष्टको नेतृत्वमा युवाहरूले ज्ञापन पत्र बुझाएका हुन्।

उनीहरूले पार्टीको केन्द्रीय सचिवालय, संयोजन समिति लगायत सबै तहका कमिटीहरूमा कम्तीमा ६० प्रतिशत युवाको सहभागिता सुनिश्चित, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गर्न माग गरेका छन्।

मागको तेस्रो बुँदमा भनिएको छ, ‘पार्टीको वर्तमान विधान केही सीमित नेताहरूको स्वार्थ अनुकूल अधिनायकवादी ढङ्गले निर्माण गरिएको देखिएकाले, उक्त विधान तत्काल संशोधन गरी महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्दै आन्तरिक पार्टी लोकतान्त्रिकरण सुनिश्चित गरियोस्।’

चौंथो बुँदामा पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्न माग गरेका छन्।

माग पूरा नभए देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने चेतावनी समेत दिएका छन्।

पछिल्लो समय पार्टी एकतापछि विभिन्न तहका कमिटीहरू मर्ज गर्दा, विधानमा व्यवस्था भएका प्रावधानहरूलाई समेत बेवास्ता गरी युवाको प्रतिनिधित्व शून्यतर्फ धकेलिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन