विज्ञापन

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रका केन्द्रीय सदस्यमा बल बहादुर कुवर मनोनीत

विज्ञापन
Image
विज्ञापन

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीले हालै अछाम-क्षेत्र नम्बर दुईको प्रतिनिधि सभामा उपबिजेता हुनुभएका  नेता बल बहादुर कुवरलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टी नेतृत्वले संगठन सुदृढीकरण र जनआधार विस्तार गर्ने उद्देश्यसहित कुवरलाई केन्द्रीय तहमा जिम्मेवारी दिएको नेकपा केन्द्रिय  कार्यालयले बताएको हो।
लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय कुवरले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको संगठन निर्माण गर्ने  क्षमता र सक्रियतालाई मुल्याङ्कन गर्दै पार्टीले केन्द्रीय सदस्यमा चयन गरेको बताइएको छ।

केन्द्रीय सदस्यमा मनोनयनसँगै कुवरले पार्टीलाई अझ मजबुत बनाउने, जनताका आवाजलाई प्रभावकारी रूपमा उठाउने र विकास तथा समृद्धिका एजेन्डामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीभित्र उनको मनोनयनले नयाँ ऊर्जा थपिएको र संगठन विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको नेकपा अछामले बताएको  छ।

यसअघि हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कुवर अछाम जिल्ला क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले तेस्रो स्थान हासिल गरेका थिए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन