चैत्र २७ काठमाडौं नेपाली फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको अवसर पारेर फिल्म आजदेखि नेपालभरका हलमा उत्साहजनक शोसहित रिलिज भएको हो ।
माइकल चन्दको निर्देशनमा बनेको ‘राम नाम सत्य’ मा विराज भट्ट मुख्य अभिनयमा छन् । ‘१२ गाउँ’ रिलिजको झन्डै डेढ वर्षपछि उनी नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन् । ‘१२ गाउँ’ सुपरहिट भएपछि विराज कुनै फिल्ममा देखिएका थिएनन् । उपेन्द्र शाही र श्वेता विमली यो फिल्मको निर्माता हुन् । मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, काला चरणको बीजीएम, बन्दे प्रसादको सम्पादन रहेको छ ।
‘राम नाम सत्य’मा विराजका साथमा सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनिल थापा, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ । ‘राम नाम सत्य’ ले पीजी सर्टिफिकेट पाएको छ भने यसको रनटाइम १५७ मिनेट तय छ । नयाँ वर्षको छेको पारेर रिलिज फिल्मलाई देशभरका हलहरूले उत्साहजनक शो दिएका छन् ।



























