१९ बैशाख काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता पुर्ब उपप्रधानमन्त्री डा.भिम रावलले राजदुत छनौट खुला प्रतिस्पर्धा बाट नभयर देशभक्ति र स्वच्छ छवि भयको ब्यक्ती हुनु पर्ने कुरा बताउनु भयो ।सामाजिक संजालमा उहाँ लेख्नु हुन्छ रास्वपा नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाको नाममा विज्ञापनबाट राजदूतहरूको नियुक्ति गर्ने कुरा अगाडि सारेको देखियो। कुनै पनि देशले यस्तो गर्दैन। राजदूत विदेशमा देशको प्रतिनिधित्व गर्ने राजनीति र कुटनीतिमा योग्य तथा राष्ट्रिय हित र सुरक्षालाई आत्मसाथ गर्नसक्ने व्यक्ति हुनुपर्छ। विषय विज्ञताको साथै देशप्रतिको भक्ति र इमान्दारी समेत राजदूतका लागि नभै नहुने योग्यता हो। विज्ञापन प्रतिस्पर्धाबाट राजदूत छान्नु पर्ने भए त्यस्तै प्रक्रियाबाट छानिएर सरकारी ओहोदामा तालिम र अनुभव प्राप्त व्यक्तिहरू बाटै राजदूत बनाए भइहाल्छ, छुट्टै विज्ञापन किन गर्नुपर्ने?
राजदूत कुनै सामान्य जागिरे सेवा होइन। राज्यले कुनै देश विशेषमा आफ्नो राष्ट्रिय हित, सुरक्षा, व्यापार लगायत अन्तर्राष्ट्रिय सम्बन्धका विशेष पक्षलाई समेत ध्यानमा राखेर उपयुक्त व्यक्तिलाई छनोट गरी सम्बन्धित देशमा राजदूत नियुक्त गरेको हुन्छ। यस्तो संवेदनशील र महत्वपूर्ण पक्षतर्फ आँखा चिम्लेर विज्ञापन गरी राजदूत छनोट गर्ने कुरा या त सस्तो लोकप्रियताको लागि हुनुपर्छ या सामान्य जागिर जस्तो हल्का रूपमा लिएको या कुनै क्षेत्रमा रहेका व्यक्ति विशेषलाई राजदूत बनाउने आशय राखिएको हुनुपर्छ। यस्तो नीतिले नेपाल जस्तो अत्यन्त संवेदनशील भूराजनीतिक अवस्थामा रहेको देशको कुटनीति बलियो हुनसक्दैन र आजको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा यसरी विज्ञापनबाट बनाइने व्यक्तिले देशको आवश्यकता अनुसार काम गर्नसक्ने सुनिश्चित स्थिति पनि बन्न सक्दैन ।अतः खुला विज्ञापनद्वारा राजदूत नियुक्त गर्ने नीति र विचार हटाइनुपर्छ। विगतमा राजदूत नियुक्तिमा भएका कतिपय गलत अभ्यास र स्वार्थ परक कार्य नगरी नियुक्ति प्रक्रियामा रहेका कमी,कमजोरी हटाई साँचो अर्थमा देशको प्रतिनिधित्व गराउन योग्य, सक्षम, देशभक्ति र स्वच्छ छवि भएको व्यक्तिलाई राज्यले राजदूत नियुक्त गर्ने विश्वव्यापी प्रचलनलाई आत्मसाथ गर्नु नै बुद्धिमानी हुनेछ।
विज्ञापन

राजदुत छनौट खुला प्रतिस्पर्धा बाट भन्दा देशभक्ति र स्वच्छ छवि भयको ब्यक्ती हुनु पर्छ : डा.भिम रावल
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन

















