१८ वैशाख ,काठमाडौं:बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको छ ।
२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन भत्काइएको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बा पनि भत्काइएको हो ।
गुम्बामा काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ भएका बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो ।
बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम आज बिहानैदेखि जारी छ ।
बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा पनि डोजर चलाउने तयारी गरिएपछि बौद्ध धर्माम्बलम्वीहरुले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























