१६ जेष्ठ काठमाडौं :अखिल नेपाल महिला संगठनको संयोजकमा दामा शर्मा चयन हुनुभएको छ । आज काठमाडौंमा सम्पन्न संगठनको राष्ट्रिय एकता भेलाले शर्मालाई संयोजक चयन गरेको हो ।
भेलाले मुनु सिग्देल, कमला विक र सावित्री पोखरेललाई सहसंयोजक चयन गरेको छ । संगठनको केन्द्रीय समितिमा ५८५ जना छन् । भेलाले एकतामा सामेल घटक संगठनका पदाधिकारी सम्मिलित सचिवालय निर्माण गरेको छ ।
अखिल नेपाल महिला संगठन नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन हो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संघ (समाजवादी) लगायतका संगठनको एकतापछि अखिल नेपाल महिला संगठन बनेको हो ।
संगठनको भेलालाई नेकपाका सहसंयोजक माधवकुमार नेपाल, संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’, जनवर्गीय संगठन इन्चार्ज राजेन्द्र पाण्डे, नेतृ जयपुरी घर्ती लगायतले सम्बोधन गर्नु भएको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्



























