विज्ञापन

चिकित्सक संघले भन्याे– निजीमा उपचार गराउँदा बिरामीबाट कर उठाउनु अन्यायपूर्ण छ

विज्ञापन
Image
विज्ञापन

जेष्ठ १६ काठमाडौं :नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा लाग्ने तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेको छ । संघले उक्त कर व्यवस्थाले बिरामी र उनीहरूका परिवारमाथि थप आर्थिक भार पर्ने भन्दै यसलाई अन्यायपूर्ण व्यवस्था भनेको छ ।निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्कअन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो । ‘उपचार गराउन आएका बिरामीहरूबाट समेत कर उठाउनुले थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।यसअघि पनि संघको पहलमा यस्तै करसम्बन्धी निर्णय फिर्ता गरिएको स्मरण गराउँदै यस वर्ष पुनः त्यही व्यवस्था ल्याइनु खेदजनक भएको संघले जनाएको छ । अन्यायपूर्ण प्रावधान तत्काल खारेज गर्न संघले माग गरेको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. सन्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवामा करको यस्तो व्यवस्था अव्यवहारिक र जनविरोधी भएको उल्लेख गरिएको छ । नेपाल चिकित्सक संघले सम्बन्धित निकायलाई उक्त कर व्यवस्था पुनर्विचार गरी तत्काल खारेज गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन