विज्ञापन

सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

१७ जेठ, धनगढी । सुदूरपश्चिममा प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाबाट विभिन्न किसिमका लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा पाँच, कञ्चनपुरमा दुुई र दार्चुलामा एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा २४ वर्षीय कमल चौधरीलाई २३० ग्राम गाँजासहित पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीको टोलीले उनको घरमा खानतलासी गर्दा गाँजा फेला पारेको थियो ।

यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट ३१ वर्षीय दिनेश शाही ६३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् । सोही क्षेत्रमा २१ वर्षीय खकेन्द्र I ३ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, नाइट्रोजाम ३ क्याप्सुल र स्पाजाम ८ क्याप्सुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–६ विस्नापुरबाट ३४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित जानकी गाउँपालिका–४ का २० वर्षीय प्रासिस रावत र एक १८ वर्षीय किशोर पक्राउ परेका छन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देबाट बैतडीको पुर्चौडी नगरपालिका–८ का ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ का २२ वर्षीय आशिष साउद २३० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् ।

उनीहरू सवार से ६ प ७५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ३१ वर्षीय सन्तोष बर्मा सुनार ११ ग्राम चरेशजस्तो पदार्थसहित पक्राउ परेको कुरा प्रहरीले बतायको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन