विज्ञापन

एमाले पुनर्गठन कार्यदल बैठक को निर्णय:सुझाव संकलनका लागि प्रदेशगत भेलाको मिति तय

विज्ञापन
Image
विज्ञापन

काठमाडौं। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठकले आगामी सुझाव सङ्कलन कार्यक्रम, र भेलाहरू सम्बन्धी विभिन्न निर्णयहरू गरेको छ ।

प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश भेला जेठ ३० गते, कोशीमा असार २ गते, लुम्बिनीमा ४ गते र सुदूरपश्चिममा ६ गते मिति तय भएको छ ।

यस्तै, कर्णालीमा ८ गते, गण्डकीमा ११, मधेशमा १३, राजधानी विशेषमा १६, सम्पर्क समन्वयमा १७, जनसंगठनमा १८ र विभाग प्रमुख तथा निकायहरूमा १९ गते कार्यक्रम गर्ने तय भएको हो ।

प्रदेश भेलामा ​सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका नेताहरू प्रदेश पदाधिकारीहरू र जिल्ला पदाधिकारीहरूको सहभागिता रहने उनले बताए ।सम्पूर्ण कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका प्रदेश इन्चार्जहरूले गर्ने निर्णय पनि भएको छ ।

यस्तै ​कार्यदलको सदस्य सचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय पनि भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन