विज्ञापन

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, ९ गते मतदान

विज्ञापन
Image
विज्ञापन

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन  आज बाट हुँदैछ । तीन दिनसम्म चल्ने रास्वपाको पहिलो महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आगामी ९ गते (मंगलबार) बिहान साढे ८ बजेबाट मतदान हुनेछ ।

९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तय भएको छ । मतदान सकिएको दुई घण्टामा मतगणना हुने कार्यतालिकामा उल्लेख छ ।

रास्वपाको अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए ।

उनका अनुसार, सभापति, वरिष्ठ नेता, उपसभापति–३ (महिला १ जना), महामन्त्री–२, सहमहामन्त्री–५ (महिला १), कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–२, प्रवक्ता–१ र सहप्रवक्ता–३ जना रहनेगरी पदाधिकारी बन्नेछ ।

त्यस्तै, सभापति, उपसभापति ३, महामन्त्री २, ५ जना सहमहामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता स्वत: सचिवालय सदस्य हुने पनि उनले जानकारी दिए ।

बाँकी सचिवालय सदस्यहरू सभापतिले नै मनोनीत गर्ने उनले बताए ।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति १५८ जनाको हुनेछ । जसमा सभापतिले ५१ मनोनीत गर्नेछन् भने ९९ जना निर्वाचित हुनेछन् ।

७ प्रदेशका सभापति स्वत: पदेन सदस्य रहने भएकाले केन्द्रीय समितिमा रहने पनि उनले जानकारी गराए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन