मौसम बदलि भई हिउदकाे अन्तिम तिर वर्षा भएको छ । देशका विभिन्न ठाउँमा पानी परेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उच्च हिमपात भइरहेको छ भने पहाडी जिल्लामा निरन्तर वर्षा भएको छ । बिहीबार रातिदेखि सुरुभएको बर्षाले सुदूरपश्चिम प्रदेशका बाजुरा अछाम डाेटी लगायत जिल्लामा हल्का देखि मध्यम पानी निरन्तर परिरहेको छ भने अछाम का सबै पालिकामा निरन्तर वर्षा भइरहेको छ ।
कर्णाली का हिमाली जिल्ला हुम्ला , जुम्ला , कालिकोट , डाेल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको छ । पहाडी जिल्ला दैलेख कालिकोट सल्यान जाजरकोट लगायतका जिल्लामा निरन्तर हल्का वर्षा भइरहेको छ
काठमाडौं लगायत पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । यस वर्षको हिउँद याम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भए पछि वर्षा र हिमपात सुरु भएको हाे । यसको असर पश्चिममा बढी परेको छ । भोलिसम्म नै देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको जम्मू काश्मीर, हिमाचल हुँदै नेपाल भित्रिएको मौसमी प्रणालीले पानी पारेकाे हो ।
मौसमविद्का अनुसार भोलि आजभन्दा कम पानी पर्नेछ । मधेस र लुम्बिनी बाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज र भोलि हल्का हिमपातको सम्भावना छ । आज बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
यसैबिच हिउँदै सकिँदै गर्दा पानी परेपछि कृषकहरू हर्षित भएका छन् । यस वर्षको हिउँद याममा निकै कम पानी परेपछि हिउँदे बालीमा असर परेको छ । अन्तिममा भए पनि पानी परेपछि बालीनाली केही सुध्रिने आसमा कृषकहरू हर्षित भएका हुन् ।




















