विज्ञापन

कांग्रेसको भावि सभापतिमा प्रकाशमानको दाबी पार्टी निर्माणका लागी के छन एजेन्डा

विज्ञापन
Image
विज्ञापन

कांग्रेसको भावि सभापतिमा प्रकाशमानको पनि दाबी, सुनाए पार्टीलाई मजबुत बनाउने योजना
१५औं महाधिवेशनको प्रक्रिया आरम्भ नहुँदै सत्तारुढ दल नेपाली कांग्रेसमा भावि सभापतिका लागि आधा दर्जन नेताहरुले आकाँक्षा व्यक्त गरेका छन् । १४औं महाधिवेशनमा उम्मेदवार बनेर पराजित भएकादेखि सभापति शेरबहादुर देउवालाई जिताउन सहयोग गरेकासम्म आधा दर्जनले सभापतिमा आकाँक्षा देखाएका हुन् ।

यता उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि भावि सभापतिमा दाबी पेश गरेका छन् । आइतबार सुर्खेत पुगेका सिंहले पार्टीलाई एकीकृत र संगठित गर्नका लागि आफू उम्मेदवार हुनै पर्ने बताए । उनले आफू सभापति भएदेखि पार्टीको आन्तरिक लोकतन्त्र बलियो हुने र सबै पक्षले मिलाएर लैजाने योजना पनि सुनाए ।

२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सिंह सभापति उम्मेदवार बनेका थिए। तर ३७१ मत ल्याए। पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान गरिएको थियो। दोस्रो चरणको मतदानमा भने सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

गत १४औं महाधिवेशनमा सभिापतिमा उठेर दोस्रो चरणमा देउवालाई सघाएका सिंहले आफू त्यो भन्दा तल जाने ठाउँ नरहेको सुनाउँदै भावि सभापतिमा उठ्ने प्रष्ट संकेत गरेका हुन् । ‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ।’

आफू सभापति भएको खण्डमा पार्टीमा कुनै गुट उपगुट नहुने सिंहको दाबी छ । उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले आफू पार्टीको नृतत्व लिन योग्य रहेको सुनाए । ‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु’ उनले भने।

कांग्रेसको विधान अनुसार २०८२ सालको मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने छ । यद्यपि विधानले थप एक वर्ष कार्यकाल लम्ब्याउन मिल्ने र संविधानले अर्को ६ महिना म्याद थप्न सक्ने व्यवस्था गरेको हुँदा देउवाले थप डेढ वर्ष पार्टीको नेतृत्व गर्ने देखिन्छ ।

विधानत: देउवाले तेस्रो कार्यकाल पार्टीको नेतृत्व गर्न पाउँदैनन् । त्यसैले पनि उनी कानूनले दिएको अधिकतमा सीमाको उपयोग गर्ने रणनीतिमा छन् । देउवा सभापतिको दौडबाट स्वत” बाहिरिने हुँदा हाल कांग्रेसमा सभापतिको खोजी भइरहेको छ ।

सभापतिका लागि गत महाधिवेशनमा पराजित डा शेखर कोइराला, हालका उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापतित्रय सिंह, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले दाबी गरेका छन् भने संस्थापन बाटै महामन्त्री गगन थापाले देउवाको उत्तराधिकारी हुने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन