अछाम ,

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुर्माखाँद गाउँपालिकाको तेस्रो पालिका अधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ!पालिका कमिटी अध्यक्ष मन बहादुर बएकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिम माओवादी केन्द्रका केन्द्रिय सदस्य एंवम अछाम इन्चार्ज, संविधान सभा सदस्य शरद सिंह भणडारी रहनुभएको थियो !नेता भणडारीले सम्वोधनका क्रममा माओवादीको जनयुद्धका कारण नै अहिलेको उपलब्धि भएको बताउनु भएको हो !ब्यबस्था परिवर्तनको लडाइ माओवादीले जितेपनि अवस्था परिवर्तनको लडाइ जारीरहेको बताउनु भएको हो! साथै बर्तमान परिस्थितिमा देशमा भइरहेको बढ्दो भ्रष्टाचार बेथितिका बिरुद्द प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले लडाइ छेडदा छेडदै आतिएर रातारात कांग्रेस एमालेलको सरकार बनेको बताउनु भएको हो !गठबन्धन सरकार बनेसंगै भ्रष्टाचारलाई जोगाउने खेल हुदा अर्थतन्त्र समेत चिन्ताजनक अवस्था पुग्नुका साथै जन्ताको मुदा ओझेलमा परेको बताउनु भएको हो!साथै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बिजय गराउन अपिल समेत गर्नुभएको थियो!
उक्त कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य एंवम निर्वतमान प्रदेस सभा सदस्य कुन्ती जोशी ,केन्द्रिय सदस्य दिपक साउद तरङ्ग ,केन्द्रिय सदस्य राम प्रशाद तिमिल्सेन राप्ती र माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एंवम प्रदेश सभा सदस्य अक्कल बहादुर रावल रहनुभएको थियो ।साँसद रावलले सम्बोधनका क्रममा आफ्नो पहलबाट तुर्माखाँदमा बिभिन्न आयोजनाहरुको नाम लिदै पालिकामा थुप्रै बिकास निर्माणका कार्य भएको बताउनुभएको हो ।आफुले गरेका कामहरुको गलत प्रचार गरेर अन्य पार्टिले जसलिन खोज्दा,उक्त कुरा आफुलाई सैय नभएको बताउनुभएको हो। साथै यस्ता कुराहरुमा नेता कार्यकर्ताहरुले चनाखो भई आफुले गरेका कामहरुमा श्रेय लिनुपर्ने र सहि कुराको प्रचार सहित गलतकार्यको भन्डाफोर गर्नुपर्ने बताउनु भएको हो ।
कार्यक्रमको अतिथिमा जिल्ला संयोजक रविन्द्र साउद,जिल्ला सचिव उदय विष्ट,पालिका ईन्चार्ज जोरासिंह विष्ट,प्रदेस सदस्य ध्रुर्व विष्ट,रतन विक,बौदिक नेता दल बहादुर विसि,युवा नेता धरणिधर जैसि रहनुभएको थियो ।यसैगरि कार्यक्रममा अतिथि नेपालि कांग्रेस बाट तुर्माखाँद गा.पा. सभापति कविराम बएक,नेकपा एमाले बाट तुर्माखाँद गा.पा. अध्यक्ष गौमति शाहि ,रास्वपा बाट मन बहादुर बएकले शुभकामना मन्त्व्य राख्नु भएको थियो।
कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला अध्यक्ष रोशना बिक, अखिल क्रान्तिकारिका जिल्ला सदस्य विमल बएक लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । साँस्कृतिक टोलिको पर्दशन सहित सुरु भएको कार्यक्रमको स्वागत मनतव्य हरि जैसले राख्नु भएको थियो भने कार्यक्रमको संचालन नरेन्द्र लम्सालले गर्नुभएको थियो। उक्त कार्यक्रमको बन्दसत्र जारी छ।बन्द सत्र बाट नया कार्यसमिति चयन हुने बताइएको छ!




























