विज्ञापन

रास्वपा को बन्दसूचीमा रहेका सचिन ढकाल कम उमेरका कारण अयोग्य 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीमा रहेका सचिन ढकालको उम्मेदवारीका लागि उमेर नपुगेको खुलेको छ । ढकालले समानुपातिक चुनावको मर्मलाई सम्मान गर्दै बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका थिए ।

रास्वपासँग एकीकरण गरेका काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ढकाललाई सूचीमा राखेका हुन् । उनी खस आर्यतर्फ दोस्रो नम्बरमै उनको नाम छ । प्रख्यात व्यवसायी चन्द्र ढकालका छोरा सचिन पर्यटन तथा आतिथ्य व्यवसायमा संलग्न छन् । व्यवसायीक घरानाका युवालाई राजनीतिक योगदान बेगर बन्दसूचीमा प्राथमिकतासाथ राखिएकोप्रति विवाद उब्जिएको थियो ।

तर, उनी उमेरका कारण अयोग्य ठहरिएको निर्वाचन आयोग स्रोतले बतायो । आयोगले बन्दसूचीको कागजातहरुको जाँचबुझका क्रममा ढकालको उमेर नपुगेको पत्ता लगाएको थियो । समानुपातिक उम्मेदवार बन्न २५ वर्ष उमेर पुगेको हुनु पर्छ । ढकालको उमेर २५ वर्ष नपुगेको पाइएपछि रास्वपालाई आयोगले पत्राचार गरेको बुझिएको छ ।

स्रोतका अनुसार रास्वपाले उक्त पत्रको विषयमा जानकारी दिइसकेपछि ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेको हुनुपर्छ । ढकालले आफ्नो स्टाटसमा व्यक्तिगत कारणले उम्मेदवारी फिर्ता लिने बताएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन