विज्ञापन

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले:आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने

विज्ञापन
Image
विज्ञापन

आज बेलुकासम्ममा मन्त्रिमण्डल पुनर्गठन हुनेछ । मुख्यमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको स्रोतले बतायो ।

एमालेबाट सरकारमा जाने नयाँ अनुहारमा विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउने छन । यस्तै उमाकान्त गौतम राज्य मन्त्री हुँदै छन्

यस्तै कांग्रेसबााट प्रदीप सुनुवार, भौतिक पुर्वाधार , भीम पराजुली पर्यटन वन तथा वातावरण र मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री बन्दै छन् शोभा चेम्जोङ राज्यमन्त्री र इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी बन्ने भएका छन् ।

अहिले एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राई छन् ।

त्यस्तै कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।

बहालवाला मन्त्री सबै फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्कीबीच सहमति भइसकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन