काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा चैत्र ५गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन गैरहेको छ !स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिए संगै संघ,संगठनका विद्यार्थी नेताहरुहरु कायम्पस- क्याम्पसहरुमा देखिन थालेका छन !संंघ ,संगठनका नेताहरू द्वारा कमिटि बिस्तार र उम्मेदवार चयन प्रक्रिया देखि प्रचार,प्रसार कार्यहरु धमाधम भैरहेका छन!
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीबाट प्रवीण दाहाल उम्मेदवार बनेका छन् । उनी इटहरीस्थित जनता क्याम्पसका पुर्व विद्यार्थी समेत हुन् ।
उनले जनता क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अर्थशास्त्रमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका दाहाल त्रिविमा देखिएका समस्याको सुधारका लागि लामो समयदेखि लड्दै आएका छन् ।
उनको नेतृत्वमा भएको आन्दोलनपछि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमा गइ १० दिनभित्रै ट्रान्सक्रिप्ट दिने व्यवस्था गरेको थियो । त्यस्तै फिजिक्स प्रमथ सेमिस्टरमा बी माइनस वा कम अङ्क आएमा थेसिस गर्न नपाउने प्रावधान हटाई सबैले थेसिस गर्न पाउने प्रावधान लागू गरिएको थियो ।
दाहालले अनलाइन प्लेटफर्म युट्युब च्यानलमार्फत अन्य विद्यार्थीहरूलाई समेत पढाउँदै आएका छन् । सेक्रेट एजुकेसन युट्युब च्यानलमा हाल ८५ हजार बढी सस्क्राईबर छन् । १३ जनाको टिम निर्माण गरेर उनले पढ्दै कमाउँदै कार्यक्रम समेत गर्दै आएका छन् ।



























