विज्ञापन

शिक्षकहरुलाई प्रचण्डको सुझावः जबसम्म तपाईँहरुको माग पूरा हुँदैन, तबसम्म सडक नछोड्नुस्

विज्ञापन
Image
विज्ञापन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरुलाई सुझाव दिएका छन् । आज (आइतबार) नेवाः मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरुको माग सम्बोधन हुनुपर्छ भन्नेमा आफू र आफ्नो दल रहेको बताए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सुरूवाती दिनदेखि नै उल्टो बाटोमा हिँडिरहेको बताए ।

सदन सुरु हुनेभन्दा ६ दिन पहिला अध्यादेश ल्याएको र शिक्षकहरु सडकमा आउने तयारी थाहा पाएपछि सदन बन्द गरेको बताउँदै अध्यक्ष प्रचण्डले सरकार निरन्तर उल्टो बाटोमा हिँडिरहेको सुनाए । उनले सरकारले शिक्षा विधेयक पारित गरेर माग पूरा गर्न सकिने अवस्थामा हतनपत्त सदन बन्द गरेको आरोप लगाए ।

‘म शिक्षक साथीहरुलाई बधाई भन्न चाहन्छु । तपाईँहरुले ‘हामी छाड्दैनौं’ भन्नुभएको छ । म तपाईहरुलाई भन्न चाहन्छु– जबसम्म तपाईँहरुको माग पूरा हुँदैन, तपाईँहरुले नछोड्नुस् । कहिले सिट्ठी बजाउनुस्, कहिले के गर्नुपर्छ, गर्नुस् । हामी तपाईँको साथमा छौं,’– उनले भने ।

साथै, प्रचण्डले प्रतिपक्षी दलहरुको बैठक बसेर जरुरी परेको खण्डमा शिक्षकहरुको माग सम्बोधन गर्न विशेष अधिवेशनको माग गर्ने बताए । उनले शिक्षकहरुलाई सरकारले सताउने काम गरेकाले आज विपक्षी दलहरुको बैठक बोलाने तयारी गरेको पनि बताए । उनले सरकारले शिक्षकहरुलाई सताएको परिणाम धेरै ठूलो हुनसक्ने चेतावनी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन