काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् ।भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएकाे छ ।
बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् । साेही क्रममा प्रचण्डलाई भेटेकाे दाबी गरिएकाे छ ।
तर, पछिल्लो विकसित घटनाक्रमका बिच भेटमा बजेट निर्माणको विषयमा सीमित नरहेको आकलन गर्न सकिन्छ । अहिले सत्ता गठबन्धनभित्रको किचलो चरम उत्कर्षमा पुगेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























