काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीको नभएको बताएका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान अन्तरिम सरकार नेपाली र नेपालले नचुनेको र अन्य कसैले चुनेको भए थाहा नभएको बताएका हुन् ।
सुशीला कार्कीले प्रधानमन्त्री बनेपछि संसद भंग गर्ने पूर्व सर्त राखेर संसद विघटन गर्ने काम लोकतन्त्रको जग भत्काउने काम भएको ओलीको भनाइ छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























