नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता बनेका पूर्वउपधानमन्त्री वामदेव गौतमको पार्टी दर्ता अहिले पनि निर्वाचन आयोगमा कायमै रहेको खुलेको छ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गर्दा वामदेव नेतृत्व पार्टी पनि कायमै रहेको खुलेको हो । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भइसके पनि उनको पार्टी दर्ता सूचीमै रहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























