काठमाडौं । नेपाली राजनीतिक परिस्थितिलाई स्थायित्व र सही दिशातर्फ लैजानका लागि नेकपा (माओवादी केन्द्र) र देशभक्त समाजवादी मोर्चाबीच समाजवादी ध्रुवीकरण र वैचारिक रूपान्तरणमार्फत नयाँ एकता अभियान सुरु गर्ने सहमति भएको छ ।
सोमबार सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन ।
सहमति पत्रमा हालको राजनीतिक अवस्थालाई “अभूतपूर्व जोखिमपूर्ण” भन्दै, जनयुद्धकालीन नीतिअनुसार प्रतिकूलतालाई अनुकूलतामा बदल्ने जिम्मेवारी अबका क्रान्तिकारीहरूकै हातमा रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्



























