विज्ञापन

कर्णालीका सडकहरु मृत्यूमार्गमा रुपमा चित्रित सरकारका लागि लज्जाको विषय:मुख्यमन्त्री कँडेल

विज्ञापन
Image
विज्ञापन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सडकहरु मृत्यूमार्गमा रुपमा चित्रित भएको बताएका छन् । जुन सरकारका लागि लज्जाको विषय बनेको उनले बताए ।

बुधबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले भने, ‘भौगोलिक कठिनाइ एउटा पक्ष हो, तर यान्त्रिक गडबडी, क्षमताभन्दा बढी यात्रु, र चालकको चरम लापरबाहीका कारण हुने दुर्घटनाहरू अब अक्षम्य छन् ।’

यातायात क्षेत्रमा देखिएको सिन्डिकेटको अवशेष, मनपरी भाडा असुली र असुरक्षित यात्रालाई नियन्त्रण गर्न ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले संयुक्त रूपमा निर्मम कदम चाल्न जरुरी रहेको उनको भनाइ छ ।

‘सडक सुरक्षालाई हामीले नागरिकको जीवनको अधिकारसँग जोडेर हेर्नुपर्छ,’ उनले थपे ।

सीमा सुरक्षा चुनौतीपूर्ण

गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी उक्त कार्यक्रममा मुख्यमन्त्री कँडेलले कर्णालीको सीमा सुरक्षा उत्तिकै चुनौतीपूर्ण रहेको बताए ।

‘हाम्रो सिमाना भारतसँग प्रत्यक्ष जोडिएको छैन, तर छिमेकी प्रदेशहरू हुँदै भित्रिने अवैध तस्करीको जालो यहाँसम्म फैलिएको छ,’ उनले भने, ‘उत्तरतर्फ चीनसँग जोडिएका नाकाहरू (हिल्सा, नाक्चेलाग्ना) को रणनीतिक महत्व बढ्दै गइरहेको छ ।’

यी नाकाहरूबाट हुने अवैध गतिविधि, राजस्व छली, र प्रतिबन्धित वस्तुहरूको ओसारपसारलाई कडाइका साथ नियन्त्रण गर्न आधुनिक प्रविधि र सूचना संयन्त्रको प्रयोग अपरिहार्य रहेको कँडेलले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन