अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय कृषि फर्ममा छापा मारेर प्रहरीले जनयुद्धकालिन थुप्रै हातहतियार बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट डिएसपी दिवश जिसीको कमाण्डमा ३१ जना र वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुबाट इन्स्पेक्टर आदर्श गिरी नेतृत्वको १८ जना गरी ५० जना सुरक्षाकर्मीले बिशेष सूचनाको आधार मा खानतलासी गर्दा निम्नानुसारका सामानहरु समातिएको बुझिएको छ-
१.ग्रिनेड गोटा-१४
२. भरुवा बन्दुक नाल-२
३.प्रेसर कुकर बम गोटा-१
४.४० मि.मि लन्चरमा फिट हुने रकेट-३
५.बाल्टिन बम गोटा-१ ।
यी सामग्री बरामद भएको भनी जिल्ला प्रहरी कार्यालय,अर्घाखाँचीबाट खबर प्राप्त भएपश्चात् समशेर गण,गोरुसिङ्गे ब्यारेक बाट क्याप्टेन खेमराज विश्वकर्माको नेतृत्वमा १० सदस्यीय बम डिस्पोजल टोलीले एक उक्त बरामद सामग्री डिस्पोज गरेको बताइरको हो ।
प्रहरी छापा विरुद्द नेकपा माओवादीको प्रेस वक्तव्य ।




























