२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको छ ।
महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।
विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो पदयात्रासमेत आयोजना गरिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)








