नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाटै सन्यास लिने मुडमा पुगेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा धेरै प्रतिनिधिहरुले हस्ताक्षर गर्दै सहभागि भएसँगै देउवाले सभापति पदबाट राजीनामा दिदैं सन्यास लिने योजना बनाएका हुन्।
नियमति र विशेष महाधिवेशन नगरी आफु नै सभापतिमा रहेर चुनावपछि प्रधानमन्त्री बन्ने योजनामा ठूलो धक्का लाग्ने विश्लेषणसँगै राजनीतिबाटै बिदा लिने अवस्थामा देउवा पुगेका हुन् । संसदन पुनःस्थापना भए नत्र चुनावपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउँने वाचा गरेपछि देउवाले अन्तिम पटक भन्दै डडल्धुराबाट सांसद उम्मेदवार बन्न विशेष महाधिवेशनमा सहभागि नेताहरुले नीति र नेतृत्व नै परिवर्तन गर्ने घोषणा गरेसँगै देउवाको कुनै विकल्पले काम नगर्ने भएको छ ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेपछि देउवा अवैध सभापति बन्ने निश्चित रहेको छ । आफ्नो पक्षमा रहेका नेताहरु समेत उत्साहित हुँदै विशेष महाधिवेशनमा सहभागि भएसँगै देउवा झनै कमजोर बन्न पुगेका छन् । गगन र विश्वप्रकाशको सुजबुझपूर्ण कदमले देउवा गल्न पुगेका हुन् ।























